एमालेले नीलकण्ठकाे मेयरमा गंगा श्रेष्ठलाई उठायाे

Avatar photo
Dhadingpost
बैशाख १२, २०७९

धादिङ । नेकपा एमालेले धादिङको नीलकण्ठ नगरपालिकाकाे मेयर पदमा महिलालाई स्थान दिएकाे छ भने उपमेयरमा पुरुषलाई उठाएकाे छ ।

नीलकण्ठकाे मेयर पदमा एमालेबाट गंगा श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । उनले ०७४ काे स्थानीय तहकाे निर्वाचनमा उपमेयरमा उम्मेदवारी दिएकी थिईन ।

यस पटक उपमेयरमा फन्द्रा तामाङले उम्मेदवारी दिएका छन् । यस अघि ०७४ काे चुनावमा उनले वाड नम्बर १४ काे वडा अध्यक्षमा निर्वाचित भएका थिए ।