
धादिङ । स्थानयि तह निर्वाचन २०७४ मा अत्याधिक मतका साथ विजयी हुँदै देशभरको नगरपालिका मध्य नीलकण्ठ नगरपालिकालाई उत्कृष्ट बनाउन सफल भिम प्रसाद ढुङ्गानाले यो फेरि मेयर पदको टिकट पाएका छन् ।
०७४ सालको चुनावमा ढुङ्गानाले अत्याधिक १३ हजार १६६ मत ल्याएर विजयी हुँदा उनको प्रतिपर्धी एमालेका अर्जुन कुमार श्रेष्ठले ६ हजार ९९० मत मात्रै ल्याएका थिए ।
निर्वाचित भए सँगै नियमित वजेट भन्दा बाहिरबाट अरबौं बजेट नीलकण्ठ नगरपालिकामा ल्याउन सफल मेयर ढुङ्गानाको क्रेज नीलकण्ठमा झनै बढेर गएको देखिन्छ । यो पटक ३ वटा पार्टीहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको साझा उम्मेदवारका रुपमा ढुङ्गानाले आज नीलकण्ठको मेयर पदमा उम्मेदवारी दिने नेपाली कांग्रस धादिङले जनाएको छ ।
यस्तो थियो ०७४ सालको चुनावी नतिजा नीलकण्ठमा
मेयर पदका उम्मेदवार र मत
नेपाली कांग्रेस भिम प्रसाद ढुङ्गाना १३,१६६ मत विजयी
नेकपा एमाले अर्जुन कुमार श्रेष्ठ ६९९० मत
नयाँ शक्ति केशवराज अधिकारी २८० मत
राप्रपा भरत कार्की १२१ मत
माले खगेश्वर कोईराला ४३ मत
नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी घुरनलाल चौधरी ३ मत
स्वतन्त्रबाट भरत ढुङ्गना १ मत
स्वतन्त्रबाट शिवराज सापकोटा १ मत
स्वतन्त्रबाट अनिल कोईराला १ मत
स्वतन्त्रबाट बिहरी अधिकारीले १ मत
उप मेयरमा
माओवादी केन्द्र मनराज भण्डारी १० हजार ३२३ मत
एमालेबाट गंगादेवि श्रेष्ठ ७४४४ मत
शान्तीमायाँ गुरुङ राप्रपा १८९ मत
नयाँ शक्ति अम्बीका घिमिरे श्रेष्ठ ३२९ मत,
स्वतन्त्र इश्वरी प्रसाद अधिकारी १३४ मत
स्वतन्त्र पूर्णबहादुर कोईरालाले १ मत
वडा नम्बर १ को अध्यक्षमा ३ जनाको प्रतिपर्धा रहेको मध्य माओवादी केन्द्रका गणेश गुरुङले ४४९ मत ल्याई विजयी भएका थिए भने एमालेका शेरबहादुर गुरुङले ३७७ मत र नेपाली काँग्रेसका भुपाल गुङले २३१ मत ल्याएका थिए ।
वडा नम्बर २ को अध्यक्षमा ५ जनाको उम्मेदवारी रहको मध्य माओवादी केन्द्रका ध्वजबहादुर गुरुङ ७०७ मत ल्याई विजयी बजे उनको प्रतिपर्धी नेकपा एमालेका जीतलाल गुरुङ ५७५ मत, डोलबहादुर मगरले ५०३ मत ल्याएका थिए ।
वडा नम्बर ३ को अध्यक्षमा ५ जनाको उम्मेदवारी रहको मध्य नेपाली कांग्रेका होमनाथ रिजाल ८४२ मत ल्याउँदै विजयी भएका थिए उनको प्रतिस्पर्धीहरु शान्त विक्रम बानियाँ एमाले ४५८ मत, नारायणकुमार श्रेष्ठ (एम्बुलेन्स अंकल) माओवादी केन्द्र ७७६ मत, चामबहादुर थापा क्षेत्री राप्रपा २६ मत, इवराज थापाक्षत्री नयाँ शक्तिले ३० मत ल्याएका थिए ।
वडा नम्बर ४ को अध्यक्षमा ४ जनाको उम्मेदवारी रहेको मध्य शिवराज गिरी ६५१ मत ल्याउदै विजयी बने उनको प्रतिस्पर्धीहरु एमालेका हरिबहादुर श्रेष्ठ ६२१ मत, राजकुमार श्रेष्ठ माओवादी केन्द्र ५२ मत, श्यामबहादुर सिंह ठकुरी राप्रपाले ४६ मत, पाएका थिए ।
वडा नम्बर ५ को अध्यक्षमा ७जनाको उम्मेदवारी रहेको मध्य रामबहादुर श्रेष्ठ माओवादी केन्द्र विजयी भए । उनको प्रतिस्पर्धीहरु हस्तबहादुर मगर कांग्रेस ६९३ मत, बाबुलाल श्रेष्ठ एमाले ५८४, राजन प्रसाद ढुङगाना नयाँ शक्तिले ६१ मत ल्याएका थिए ।
वडा नम्बर ६ को अध्यक्षमा ५ जनाको उम्मेदवारी रहेकोमा उद्धव रिजाल एमाले ५३१ मत ल्याउँदै विजयी बने, उनको प्रतिपर्धीहरु सुनबहादुर श्रेष्ठ कांग्रेस ४७८, लक्ष्मण रम्तेल माओवादी केन्द्र ३४६ र शारदा शंकरराज भण्डारीले २६ मत ल्याएका थिए ।
वडा नम्बर ७ को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेकोमा कांग्रेसका गौतम हरी अधिकारी ६४८ मत ल्याउँदै विजयी भएका थिए । उनको प्रतिस्पर्धीहरु दलबहादुर थापा मगर एमाले ३७३, दिपक विश्वकर्मा माओवादी केन्द्र ६१०, बलबहादुर थापा राप्रपा ५, प्रमोद पोखरेल नयाँ शक्तिले १९ मत ल्याएका थिए ।
वडा नम्बर ८ को अध्यक्षमा ६ जनाको उम्मेदवार परेको थियो जसमा कांग्रेसका गुणबहादुर थपलियाले ११५२ मत ल्याउँदै जितेका थिए । उनको प्रतिद्वन्दीहरु एमालेका शालिकराम दुवाडी ४१८, होमनाथ शर्मा कोईराला माओवादी केन्द्र ८७, लष्मी राज पौडेल राप्रपा ८, मिनबहादुर तामाङ नयाँ शक्तिले २४ मत ल्याएका थिए ।
वडा नम्बर ९ को अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो जसमा कांग्रेसका भोजबहादुर रेग्मी १०९५ मत ल्याउदै विजयी भए । उनको प्रतिस्पर्धीहरु कृष्ण प्रसाद लम्साल एमाले ७०५, सुकदेव लम्साल माओवादी केन्द्र ७४, जितबहादुर गुरुङ राप्रपाले २० मत ल्याएका थिए ।
वडा नम्बर १० को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो जसमा एमालेका विजयराज इटनीले ५१० मत ल्याई विजयी भए उनको प्रतिस्पर्धीहरु माओवादी केन्द्रका गणेश थापाले ३९९, कांग्रेसका ४५७, टंकबहादुर इटनी राप्रपा ६, राधिका न्यौपाने ढकाल नयाँ शक्तिले ३६ मत ल्याएका थिए ।
वडा नम्बर ११ को अध्यक्षमा ४ जनाको उम्मेदवरी परेको थियो जसमा माओवादी केन्द्रका तिलक थापा मगरले ८३६ मत ल्याई विजय भएका थिए । उनको प्रतिस्पर्धीहरु कांग्रेसका रामबहादुर श्रेष्ठले ७४१, एमालेका रामहादुर पुलामी ३६१, टिकारम अधिकारी नयाँ शक्तिले ९ मत प्राप्त गरेका थिए ।
वडा नम्बर १२ को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको मध्य एमालेका बाबुराम लम्साल ६१८ मत ल्याई विजयी भएका थिए । उनको प्रतिस्पर्धीहरु कांग्रेसका गोकर्ण प्रसाद सापकोटा ५५४, महेन्द्र धमला ३६, जितबहादुर दमै राप्रपा ११, रामहरि अधिकारी स्वतन्त्रले १४८ मत ल्याएका थिए ।
वडा नम्बर १३ को अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको थियो जसमा कांग्रेसका होमबहादुर गुरुङ ८२८ मत ल्याई विजयी भएका थिए र उनको प्रतिस्पर्धीहरु एमालेका गोरे गुरुङ ३६५, माओवादी केन्द्रका डम्बरबहादुर थापा ४४, रुद्रबहादुर गुरुङ नयाँ शक्तिले १३ मत ल्याएका थिए ।
वडा नम्बर १४ को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो जसमा एमालेका फन्द्रा तामाङले ८३६ मत ल्याउँदै विजयी भएका थिए । उनको प्रतिपर्धी कांग्रेसका २६३, माओवादी केन्द्रका नमराज दुवाडी ६७८, जीबहादुर गुरुङ राप्रपा ९, भोजबहादुर गुरुङ नयाँ शक्तिले २९ मत ल्याएका थिए ।
