
गजुरी । नेपाली कांग्रेस गजुरीले जिल्ला सभापति रामनाथ अधिकारीलाई पत्र लेखदै गजुरीमा कांग्रेसलाई एक्लै चुनाव लड्न दिन अनुरोध गरेका छन् ।
जिल्ला गठबन्धनको बैठकमा गजुरी गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादी केन्द्रले पाउने सहमति भएको दावी गर्दै कांग्रेस गजुरीले अहिले फेरि अर्को सहमतिको प्रस्ताव आएकोले आफूहरुलाई अमान्य भएको जनाएको छ ।
अब थप छलफलका लागि समय अप्रयाप्त रहेकोले गजुरीमा कांग्रेसले एकल चुनावमा सहभागी हुन पाउनु पर्ने माग गरिएको नेपाली कांग्रेस गजुरीले जनाएको छ ।

