राप्रपाबाट गजुरीको अध्यक्षमा दिपेन्द्र शाहको उम्मेदवारी

Avatar photo
Dhadingpost
बैशाख ११, २०७९

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धादिङको गजुरी गाउँपालिकाको अध्यक्षमा दिपेन्द्र शाहले आजै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

राप्रपाले आजै जिल्लाका सबै पालिकाको उम्मेदवार टुङ्ग्याउने जनाएको छ भने सर्व सम्मत भएकाहरुलाई उम्मेदवारी दर्ता गर्न आव्हान भए सँगै उनले आजै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका हुन् ।

समाजिक कार्यमा देखापर्ने शाहले लोकप्रिय मत ल्याउने उद्धेश्य अनुरुप उम्मेदवार बनाईएको राप्रपा धादिङले जनाएको छ ।