
धादिङ । युवा संघ अध्यक्ष रुबीभ्याली गाउँपालिकाका अध्यक्ष पिटर तामाङको नेतृत्वमा आएको युवाहरुको टोलीले धादिङबेसी स्थित एकीकृत समजवादीको पार्टी कार्यालय तालाबन्दी गरेको छ ।
गठबन्धनको साझा उँम्मेदवार उठाउने नाममा गरिएको समझदारीले रुबीभ्यालीमा समस्य उत्पन्न भएको र एकीकृत समाजवादीलाई अन्याय भएकाले पुनर विचारको लागि दवाद सृजना गर्न तालाबन्दी गर्नु परेको अध्यक्ष पिटरले धादिङपोष्टलाई बताए ।

