धादिङ अस्पतालका नि. मेसु दाहालद्वारा सुधारको प्रयास, आज सरसफाई

Avatar photo
Dhadingpost
बैशाख १०, २०७९

धादिङ । जिल्ला अस्पताल धादिङको निमित्त मेसुको जिम्मेवारी पाए सँगै डा. मधुकर दाहाल केहि सुधार गर्ने प्रयास गरेका छन् । उनकै क्रियाशिलतामा आज विहान अस्पताल प्राङ्गण सरसफाई गरिएको छ ।

धादिङ अस्पताल सफा र स्वच्छ अनि जनपक्षिय सेवा, यहि हो हाम्रो प्रतिवद्धता निमित्त मेसु दाहाल बताउँछन् । उनले यहि मर्म अनुरुप पहिलो सर्त सफा र स्वच्छ हुनुपर्ने अस्पतालका अध्यक्ष महेन्द्र धमला सँग सल्लाह गरि उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको बताए ।

त्यसो त उनी नियुक्ति हुना साथ अस्पताल फार्मेसीबाट सेवाग्राहीले औषधी खरिद गर्दा उपलब्ध गराउदै आएको ५% छुटलाई १०% छुट हुने बनाई दिए । यस्तै निर्माण सम्पन्न भई तयारी अवस्थामा रहेको अस्पतालको अन्तरङग भवनको दोस्रो तल्लामा विरामी राखी उपचार शुरु गरि दिए । जसबाट विरामीको चापको कारण अन्तरङ्ग शाखामा भर्ना हुन बेड नपाई आकस्मिक शाखामै बस्नुपर्ने समस्या तत्कालको लागि समाधान भयो यस्तै अवको केहि दिन भित्रै आईसीयू सेवा प्रवाह गर्ने जनाएका छन् ।

आज भएको अस्पताल परिषर सरसफाईमा धादिङ अस्पताल, जिल्ला प्रहरी कार्यालय धादिङ, सशस्त्र प्रहरी बल धादिङ, धादिङ सोसल भोलिन्टियर, नेपाल रेडक्रस सोसाइटी धादिङ, संयुक्त एम्बुलेन्स चालक समाज धादिङ र टोल सुधार महासमिति धादिङको संयुक्त सहकार्यमा अस्पताल परिसरमा वृहद सरसफाइ कार्यक्रम सम्पन्न भएको सूचना अधिकारीविक्रम विकले धादिङपोष्टलाई बताए ।

उक्त सरसफाई कार्यक्रममा अस्पताल संचालल तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला, अस्पतालका मे।सु। डा। मधुकर दाहाल, जिप्रका धादिङका प्रबनानि राजेन्द्र आले, सशस्त्र प्रहरी बल धादिङका सई राम बहादुर भण्डारी, नेरेसो धादिङ शाखाका सभापति नारायण तिमिल्सिना, सोसल भोलिन्टर धादिङका अध्यक्ष भेषराज ठकुरी, समाजसेवी नारायण कुमार श्रेष्ठले नेतृत्वदायी भुमिका निर्वाह निर्वाह गरेका थिए ।