राप्रपाबाट नीलकण्ठको मेयरमा श्यामसिं ठकुरीले उम्मेदवारी दिने

Avatar photo
Dhadingpost
बैशाख ९, २०७९

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङको नीलकण्ठ नगरपालिकाको मेयर पदमा श्यामसिं ठकुरीलाई उम्मेदवार दिन लगाउने भएको छ ।

राप्रपा धादिङका उपाध्यक्ष समेत रहेका ठकुरीले धादिङपोष्ट प्रतिनीधि सँग कुरा गर्दै भने, म नै मेयरको दावेदार हो, पार्टीले टुङ्याउन बाँकी रहेपनि आधिकारीक उम्मेदवर मै हुँ उनले भने ।

अहिले जनताको रोजाईको पार्टी राप्रपा हो । नीलकण्ठमा हामी कमजोर छैनौं कुनै दल सँग गठबन्धन गरेर जाँदा राप्रपाले पाउने प्रमुख वा उप प्रमुखमा आफुले नै टिकट पाउने ठकुरीले बताए ।

जिल्लाका सबै पालिका र वडामा उम्मेदवारी दिने तयारी गरेको राप्रपामा पछिल्लो समय जनसहभागितामा बृद्धि भएको देख्न सकिन्छ भने केन्द्रिय वरिष्ट उपाध्यक्ष बुद्धिमान तामाङ नियमित धादिङका कार्यक्रममा सहभागि भएको देखिन्छ ।