नीलकण्ठ माविको २६० सहित धादिङबाट ६,२२४ जनाले एसईई दिँदै

Avatar photo
Dhadingpost
बैशाख ९, २०७९

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ माध्यामिक विद्यालयबाट मात्रै २६० जना विद्यार्थीहरु सहित धादिङबाट ६,२२४ जनाले एसईई दिँदै छन् ।

धादिङका १५५ वटा माध्यामिक विद्यालयका ६ हजार २२४ जना विद्यार्थीले २६ वटा परीक्षा केन्द्रबाट परिक्षा दिन लागेका हुन । परीक्षामा सहभागी हुने विद्यार्थीहरु मध्य २३ जना ग्रेडबृद्धि, खुल्ला विद्यालय अन्तगत अन्तरगत ३९ जना र प्राविधिक तर्फका २०९ जना रहेका छन् ।

सबैभन्दा धेरै नीलकण्ठ माविका २६० जना र सबै कम जगदम्बा बोर्डिङ स्कुल गजुरीका ५ जना विद्यार्थीहरु यो एसईई परिक्षामा सहभागि हुँदैछन् ।