माओवादीले जनयुद्धको आधार क्षेत्र लापामा म्लाङ्गेलाई उठाउने

Avatar photo
Dhadingpost
बैशाख ८, २०७९

धादिङ । माओवादी जनयुद्धको आधार क्षेत्र रुबीभ्याली ५ लापाको अध्यक्षमा माओवादी केन्द्रले म्लाङ्गे तामाङलाई उठाउने निर्णय गरेको छ । यस अघि पनि माओवादीले जितेको यस वडामा यस पटक अध्यक्षमा माओवादीले म्लाङ्गे उठाउने भएको सुक तामाङले धादिङपोष्टलाई बताए ।

राप्रपाले जितेको धादिङको एक मात्र यस गाउँपालिकाको यस वडा माओवादीले अहिले सम्म जनयुद्धको आभारभुमी भनेर साख जोगाई रहेको छ भने यस अघिको निर्वाचनमा निर्वाचत वडा अध्यक्ष धिरज तामाङले पनि जनभावना अनुरुप नै काम गरेकोले यो पटकपनि माओवादीको जित सुनिश्चित जस्तै रहेको सुक तामाङ बताउँछन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धादिङमा १ लाख ३६ हजार ४३१ पुरुष, १ लाख ३२ हजार ०४० महिला र अन्य १ गरि २ लाख ६८ हजार ४७२ जना मतदाता कायम भएको छ । धादिङका १३ वटै पालिकामा निर्वाचन तोकिएका छन् भने मतदान स्थल १०९ मतदान केन्द्र ३०३ हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।