
धादिङ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकाको अध्यक्षका लागि राप्रपाबाद्ध ४ जना र नेकपा एकीकृत समाजवादीबाट ३ जनाले दावी गरेका छन् ।
राप्रपाबाट अध्यक्षमा दावी गर्नेहरुमा वर्तमान पालिका अध्यक्ष चेरुङ तामाङ, नरमान तामाङ, गुम्बा लामा र सिंह बहादुर तामाङ छन् भने एकीकृत समाजवादीको तर्फबाट जिवन तामाङ, प्रजोल तामाङ र सोनाम तामाङ छन् ।
राप्रपा वरिस्ठ उपाध्यक्ष बुद्धिमान तामाङको जन्मथलो रुबीभ्याली यस अघि राप्रपाले जितेको गाउँपाकिला हो । आफ्नो विगतको विरासत जोगाई राख्ने दावी कासाथ राप्रपा लागेको देखिन्छ भने एकीकृत समाजवादी सत्ता गठबन्धनका दलहरुको समर्थनमा चुनाव जित्ने दाउमा छ ।




























