जसपा नीलकण्ठ १० बाट वडा अध्यक्षमा ७ जनाको सिफारिस

Avatar photo
Dhadingpost
बैशाख ७, २०७९

धादिङ । जनता समाजवादी पार्टी नीलकण्ठ वडा नम्बर १० को अध्यक्षमा आकांक्षी बढी भएपछि उम्मेदवार छनोटको लागि जिल्ला कमिटीमा ७ जनाको नाम सिफारिस भएको बताईएको छ ।

नीलकण्ठ १० को वडा अध्यक्ष सिफारिस हुनेमा गणेश तिमल्सिना, समिप गरौंजा, अर्जुन ढकाल, हरिबहादुर बस्नेत, सुवास धरेल, भिमसेन ढकाल र नेत्रबहादुर बस्नेत छन् ।

सत्ता गठबन्धनले साझा उम्मेदवार चयन गर्ने भएकोले उम्मेदवार छनोटमा ढिलाई भएको र अब सहमति भए पनि नभएपनि उम्मेदवारी घोषणा गरेर जाने तयारी भएको जनता समाजवादी धादिङका अध्यक्ष राम ढकालले बताए ।