एन्फा धादिङको अध्यक्षमा पुन: दिपक खतिवडा विजयी

Avatar photo
Dhadingpost
बैशाख ४, २०७९

धादिङ । जिल्ला फुटबल संघ (एन्फा) धादिङको अध्यक्षमा दिपक खतिवडा पुन: निवार्चित भएका छन् । खतिवडाले ८ भोटले विजयी हुँदा उनको प्रतिद्वन्दी दिवससगर श्रेष्ठले ३ भोट ल्याए भने दिनेश रुपाखेतीले आफ्नै धुनीबेसी युवा समाज को भोट समेत पाएनन् ।

उपाध्यक्षका ५ उम्मेदवार मध्य सर्वाधिक १० मतका साथ विद्यार्थी उपकार संघ धुँवाकोटका सुरेश तामाङ निर्वाचित भए । यस्तै ब्वाईज युनाईटेडका राजन भण्डारी र धादिङ समाज धादिङका मनराज गोदार उपाध्यक्षमा निर्वाचित भएका थिए । जितका लागि भण्डारीले ७ मत र गोदारले ८ मत ल्याएका थिए ।

सदस्यहरुमा दिनेश आचार्य, गोविन्द श्रेष्ठ, प्रकाश कुमार खरेल, पूर्ण बहादुर गुरुङ, उत्तम प्रसाद सुवेदी, रमेश अधिकारी, गणेशमान श्रेष्ठ र ध्रुव थापा निर्विरोध भएका छन् । निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले महासिचवमा पुन: रामहरी थापालाई र कोषाध्यक्षमा राजेन्द्र सुवेदीलाई चयन गरेको छ ।

मतदाता संख्या ११ रहेको एन्फा धादिङको यस निर्वाचनमा धुनीबेसी युवा समाज, इन्द्राणी युवा क्लव, गलौंदी युवा क्लव, धादिङ समाज धादिङ, अरुणेदय युवा क्लव, न्यु स्टार युवा क्लव, पञ्चकन्या युवा क्लव, विद्यार्थी उपकार संघ, भद्रकाली सामुदायीक विकास समाज, गजुरी सामुदायीक विकास समाज र ब्वाईज युनाईटेडबाट ११ जा प्रतिनीधिले मतदान गरेका थिए ।

अधिवेश उद्घाटन सत्रका प्रमुख अतिथि संघीय सांसद एवम् नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले खेलकुद विकासका लागि आफू प्रतिवद्ध रहेको बताएका थिए । एक समय म पनि खेलाडी भएकोले खेल प्रती मेरो लगाब छ र आफुले सक्ने जुनसुकै सहयोग गर्न तत्पर रहने प्रतिवद्धता जनाएका थिए ।