नीलकण्ठ ११ को वडा अध्यक्षमा श्याम मगरातीको उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
बैशाख ४, २०७९

धादिङ । आगामी २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नीलकण्ठ नगरपालिका ११ बाट वडा अध्यक्ष पदमा श्याम मगरातीले उमेदवार दिने घोषणा गरेका छन् ।

नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि, नेपाल दलित संघ जिल्ला कार्यसमिति धादिङको २ कार्यकाल अध्यक्ष र २ कार्यकाल महाधिवेशन प्रतिनिधि समेत भई सकेका छन् ।

विगत २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाका कुनै पनि वडामा नेपाली काँग्रेसबाट दलित समुदायबाट वडा अध्यक्षको उमेदवार खडा नगरिएको अवस्थामा सिंगो नेपाली काँग्रेस पार्टीलाई नै चुनौति दिदै आगामी सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका हुन् ।

यस्तो थियो ०७४ सालको चुनावमा यो वडाको नतिजा
वडा नम्बर ११ को अध्यक्षमा ४ जनाको उम्मेदवरी परेको थियो जसमा माओवादी केन्द्रका तिलक थापा मगरले ८३६ मत ल्याई विजय भएका थिए । उनको प्रतिस्पर्धीहरु कांग्रेसका रामबहादुर श्रेष्ठले ७४१, एमालेका रामहादुर पुलामी ३६१, टिकाराम अधिकारी नयाँ शक्तिले ९ मत प्राप्त गरेका थिए ।