
धादिङ । जिल्ला फुटबल संघ (एन्फा) धादिङको नयाँ कार्य समिति चयनको प्रक्रिया आजबाट सुरु भई बैशाख ४ गते निर्वाचन हुने महासचिव रामहरि थापाले बताएका छन् ।
यसअघि फागुन २३ गते हुने भनिएको जिल्ला अधिवेशन, केन्द्रले विधान संशोधन गरि जिल्ला अधिवेशन नगर्न सूचना जारी गरे स्थगित भएको थियो आज उम्मेदवारी मनोनय, भोली दावी विरोध र फिर्ताको कार्यक्रम रहेको र पर्सी बैशाख ४ गते निर्वाचन हुने कार्यतालिका रहेको महासचिव थापाले बताए ।
अधिवेशनमा भोटिङ मान्यता पाएका धादिङका ११ वटा क्लवहरु
धुनीबेसी युवा क्लव
इन्द्राणी युवा क्लव
गलौंदी युवा क्लव
धादिङ समाज धादिङ
अरुणेदय युवा क्लव
न्यु स्टार युवा क्लव
पञ्चकन्या युवा क्लव
विद्यार्थी उपकार संघ
भद्रकाली सामुदायीक विकास समाज
गजुरी सामुदायीक विकास समाज
ब्वाईज युनाईटेड
यो पटक पनि अध्यक्षमा आफ्नो दावी रहेको अध्यक्ष दिपक खतिवडाले धादिङपोष्टलाई बताए । धादिङको फुटबल विकासको लागि काम गरेकै छु, अझै केहि काम मेरो पहलमा गर्नुपर्ने छ त्यसैले अबको बन्ने नयाँ कार्यसमितिको अध्यक्षका लागि तयारी गरेको समेत खतिवडाले बताए ।



























