
धादिङ । धादिङपोष्टलाई जानकारी हुनआए अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका २ एसिराङ एसिराङकी रेजिना चेपाङ यतिबेला कान्तिबाल अस्पतालको इमर्जेसी कक्षमा छिन् ।
उनलाई आईसीयूमा लग्नु पर्ने तर कान्तिमा खालि नभएकोले आईसीयु कक्ष खाली नभएको र अन्यत्र लान अस्पतालले भनि सकेको छ । महनौ देखि पूरै जिउ सुन्निय पछि गाउँमा धमी झाँक्रीले फुकफाक गर्न लगाए नभएपछि स्थानीय स्वास्थ्य चौकी लगें र तुरुन्त काठमाडौं लैजान भनेपछि कान्ति लगें गोजीमा १०० रुपैयाँ छ कसरी ५० हजार खोज्नु र आईसीयुमा राख्नु रेजिना चेपाङको बुवाको भनाई उदृढ गर्दै सन्तोष पौडेलले बताए ।
कान्तिबाल अस्पतालले प्रारम्भिक चेकजाँच पछि तुरुन्त आईसीयुमा राख्नु पर्ने तर त्यहाँ आइसीयु खालि नभएका कारण अन्यत्रै लैजान भनिएको छ, रेजिनाका वुवा तुन्चेको खल्तीमा १०० रुपैयाँ पनि छैन र छोरीलाई आईसियुमा राखी उपचार गर्न लाग्ने खर्च उनले कहाँबाट जुटाउनु ।
पौडेल भन्छन्, कोही कसैले केही गर्न सकिन्छ भने लौ है अवसर कान्तिको ईमरजेन्सी कक्षमा तड्पीरहेकीछिन् । स्वास्थ्य सेवाको संवैधानिक हक धिक्कार होस् । थप जानकारीको लागि 9849661943 जंग बहादुर (तुन्चे) चेपाङ
