नीलकण्ठका प्रमुखलाई कुटे वडा अध्यक्ष गौतमहरी अधिकारीले

Avatar photo
Dhadingpost
चैत्र २९, २०७८

धादिङ । नीलकण्ठ नगारपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल माथि वडा नम्बर ७ का वडा अध्यक्ष गौतमहरि अधिकारीले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिका बीचको भगीनी सम्बन्ध स्थापना भई एक आपसमा संयुक्त बैठक बस्ने क्रममा वडा अध्यक्ष अधिकारीले आफ्नै पालिकाका प्रमुखलाई चैत्र २८ गते कुटपिट गरेका हुन् । वडा अध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित जनप्रतिनीधि हुन् ।

इच्छाकामना गाउँपालिका चुम्लिङटार चितवन स्थित सिद्धार्थ कटेजमा भएको यी दुई नगरपालिकाको संयुक्त बैठकमा वडा अध्यक्ष अधिकारीले कुटपिट गर्दा प्रमुख प्रशासकीय अधिकृत पौडेल घाईते भएको जनाईएको छ ।

घटना सार्वजनिक भए सँगै नीलकण्ठ नगरपालिकाका कर्मचारीहरुले विज्ञप्ती जारी गर्दै पेशागत सुरक्षाको प्रत्याभुतिको माग गरेका छन् । उक्त घटनाको छान विन गरी कडा कार्वाही गर्न पनि कर्मचारीहरुले माग गरेका छन् ।