धादिङ । धादिको थाक्रे गाउँपालिका निवासी ३६ वर्षिय रमेश तामाङ महोतरीबाट ९३ केजी लागुऔषध गाँजा सहित पक्राउ परेका छन् ।
ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा उनलाई मनरासिस्वा नगरपालिका सुनौल गाउँबाट गाँजा सहित पक्राउ गरेको हो ।
आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरले बताए ।










