
धादिङ । नेपाली कांग्रेस नीलकण्ठ नगरपालिका वडा नम्बर १० को बैठकमा १० जनाले वडा अध्यक्ष पदको उम्मेदवारका लागि दावी गरेका छन् ।
वडा अध्यक्ष उम्मेदवार दाबी गर्नेमा सरोन पाण्डे,ज्ञानेन्द्र पाठक, शम्भुमल्ल ठकुरी, रामप्रसाद ढौन्या, चेत बहादुर न्यौपाने, इश्वर पाल्ली मगर, भवनाथ पाठक, उषा इटनीm कुल बहादुर सुयाल र ज्ञानेन्द्र धरेल छन् । उनीहरुको नाम छनोटका लागि पालिका कमिटीमा पठाएको बताईएको छ ।
०७४ सालको निर्वाचनमा यसवडाबाट अध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका थिए जसमा एमालेका विजयराज इटनीले ५१० मत ल्याई विजयी भए उनको प्रतिस्पर्धीहरु माओवादी केन्द्रका गणेश थापाले ३९९, कांग्रेसका ४५७, टंकबहादुर इटनी राप्रपा ६, राधिका न्यौपाने ढकाल नयाँ शक्तिले ३६ मत ल्याएका थिए ।









