
धादिङ । नेकपा एमाले नीलकण्ठ-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा दर्शन खतिवडा चएन भएका छन् ।
नीलकण्ठ नगरपालिका घर भई काठमाडौंमा पेशा व्यवसाय गर्दै आईरहेका एमाले शुभचिन्तकहरुको नीलकण्ठ काठमाडौं सम्पर्क मञ्चको शनिबार सम्पन्न दोस्रो अधिवेशनले खतिवाडा अध्यक्ष रहने गरि २६ सदस्यीय नया कमिटी गठन गरेको हो ।
सम्मेलनबाट उपाध्यक्षमा दुर्गाबहादुर विष्ट, महिला उपाध्यक्षमा इन्दिरा श्रेष्ठ, सचिवमा राजु श्रेष्ठ, उप सचिवमा द्वय नवराज श्रेष्ठ र सुसिला श्रेष्ठ, कोषाध्यक्षमा उत्तम विष्ट चयन भएका छन् ।
