
धादिङ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको वाईसीएल नगर सम्मेलन उद्घाटन गर्न केन्द्रीय इन्चार्ज राम प्रसाद सापकोटा (दिपशिखा) आउने बताईएको छ ।
वाईसीएल जिल्ला संयोजक रोमी घलेका अनुसार सोमबार चैत्र २८ गते वाईसीएलको नीलकण्ठ नगर सम्मेलन गर्न वाईसीएलका केन्द्रीय इन्चार्ज दिपशिखा र केन्द्रीय संयोजक सुमन देवकोटा समेत धादिङबेसी आउने छन् ।
वाईसीएल नीलकण्ठले चुनावी प्रचार प्रसारको सन्देश जाने गरि सम्मेलन अघि युवा र्याली गर्ने समेत बताईएको छ ।
