
धादिङ । धादिङको गल्छी गाउँपालिका निवासी वीर अस्पताल कार्यरत रेडियोलोजी डा. विष्णु खतिवडा अहिले सम्म कै सबैभन्दा कम उमेरमा एघारौं तहमा बढुवा भएका छन् ।
३१ वर्षिय डा. खतिवडालाई लोक सेवा आयोगले एघारौं तह, प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्ट पदमा बढुवाको सिफारिस गरेको हो ।
वीर अस्पताल रेडियोलोजी विभागको आठौं तहमा कार्यरत उनलाई लोकसेवा आयोगको लिखित परीक्षामा र अन्तर्वार्तामा प्राप्ताङ्क नम्बरको आधारमा एघारौं तहमा बढुवाको लागि सिफारिस गरेको हो ।
यस्तो छ लोकसेवा आयोगको सिफारिस सम्बन्धी सूचना

