
धादिङ । धादिङमा सत्ता गठबन्धन कार्यदलको बैठक भोली (शुक्रबार) बस्ने भएको छ ।
भागबण्डा केन्द्रित हुने उक्त बैठकमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसरी चुनावी तालमेल गर्ने, कस्ले कुन कुन स्थानीय तहमा उम्मेदवारी दिने भन्ने बारे छलफल हुने बताईएको छ ।
प्रत्येक दलबाट ३ जना सहभागि हुने उक्त जिल्ला कार्यदलले भागबन्डा गरेर चुनावमा जाने छलफल गर्ने तयभए पनि तल्ला कमिटीले एकल उठ्नु पर्ने दवावमा काँग्रेस र माओवादी रहेका छन् ।
गठबन्धन स्रोतका अनुसार पालिका स्तर सम्म करिव-करिव केन्द्रको मापदण्ड अनुसार तालमेलको हुने सहमति बने पनि वडामा भने सहमति हुन कठिन बन्दै गएको छ । फाईल तस्वीर
