
धादिङ । धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले बैशाख २३ र २४ गते जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगननाथ नेपालको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी, कृष्ण प्रसाद लम्साल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिं तामाङ, शसस्त्र बेस क्याम्प धादिङका प्रमुख यमुना सिंखडा, नीलकण्ठ माविका प्रअ ध्रुव अधिकारीको आतिथ्यतामा सम्पन्न भएको बैठकले जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता एसईईको परिक्षा लग्गतै बैशाख २३ र २४ गते गर्ने निर्याय गरेको हो ।
प्रतियोगितामा जिल्लाका १३ वटा स्थानीय तहबाट छानीएर आएका विभिन्न ५ विधाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका निमित्त कार्यालय प्रमुख भिम गरुङले बताए । उक्त प्रतियोगित नीलकण्ठ माध्यामिक विद्यालयको व्यवस्थापनमा हुने बताईएको छ ।
