कांग्रेस नीलकण्ठ ८ बाट वडा अध्यक्षमा १८ जनाको नाम सिफारिस

Avatar photo
Dhadingpost
चैत्र २२, २०७८

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ कांग्रेसको गढ मानिन्छ । १३ सय घरधुरी छन् रहेको यस वडामा ९० प्रतिशत मत कांग्रेसको रहेको दाबी गरिएको छ । यस वडामा अध्यक्ष उठ्न कांग्रेसबाट १८ जना आकांक्षी देखिएका छन् ।

नेपाली काँग्रेस नीलकण्ठ नगरपालिका ८ द्धारा उम्मेद्वार सिफारिस गर्नको लागि आयोजना गरिएको वडा भेलामा १८ जनाले वडा अध्यक्ष बन्न इच्छा देखाए पछि सबैको नाम नगरसमितिमा पठाएको छ ।

यी हुन् कांग्रेसबाट नीलकण्ठ ८ को अध्यक्षका आकांक्षी
अनिल कोईराला, बसन्त आचार्य, भग्वती पौडेल, विष्णु कुमार श्रेष्ठ, भूमी कुमारी विक, डिल बहादुर कुमाल,गुण ब. थपलिया, हेमराज श्रेष्ठ, ठाकुर कुमाल, हिरा कुमाल, होम बहादुर कोईराला, जुठे कुमाल, कृष्ण प्रसाद कोईराला, जुठे कुमाल, कृष्ण प्रसाद कोईराला, नारायण सिलवाल, रमेश कोईराला, सरोज कोईराला, सुजन श्रेष्ठ, प्रकाश श्रेष्ठ ।

भेलामा टिकट दावी गर्ने सबैजनाको नाम पालिका समितिमा सिफारिस गरिने र पालिकाको राय सुझाव सहित उक्त नामहरुमध्यबाट क्षेत्रिय संसदीय बोर्डले उम्मेदवार छनोट गर्ने बताईएको छ ।