
धादिङ । आशन्न बैशाख ३० गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस धादिङले आज र भोली दुई दिन गरेर वडामा दावेदार उम्मेदवारहरुको नाम संकलन गर्ने भएको छ ।
उम्मेदवार बन्न आकांक्षीहरुको नाम संकलन गर्ने क्रममा नीलकण्ठ नगरपालिका ३ मा १३ जनाले अध्यक्षको उम्मेदवार हुने दावी पेस गरेका छन् । भने खुल्ला सदस्यका लागि १६ जना, खुल्ला महिला सदस्यमा ५ जना र दलित तर्फ २ जनाले उम्मेदवार बन्न वडामा दावी गरेका छन् ।
वडा समितिले सबै दावेदार उम्मेदवारहरुको नाम पालिका कार्य समितिमा पठाउने छ । राय सुझाव सहित पालिकाले पठाएको नाम मध्यबाट क्षेत्रिय संसदीय बोर्डले उम्मेदवारको टुङ्गो लगाउने कांग्रेको निर्वाचन कार्यविधिमा उल्लेख छ ।
कांग्रेस नीलकण्ठ ३ बाट यी हुन् अध्यक्षको उम्मेदवारका आकांक्षी
रामकृष्ण अधिकारी
ध्रुव प्रसाद रिजाल
मनराज गोदार
चिनीमायाँ श्रेष्ठ
इश्वर अर्याल
राजकुमार श्रेष्ठ
प्रविण कुमार श्रेष्ठ
गोपी कृष्ण भण्डारी
रमेश कार्की
तुलसी तिमल्सिना
ऋषि कुमार श्रेष्ठ
रेशम थापा
होमनाथ रिजाल
