रेडक्रसले बिना पुर्वाग्रह काम गर्नुपर्छ -मन्त्री जमकट्टेल

Avatar photo
Dhadingpost
चैत्र १९, २०७८

धादिङ । धादिङबेसी स्थित रेडक्रस धादिङको प्राङ्गणमा रेडक्रसका संस्थापक हेनरी ड्युनाको शालिक अनावरणकार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले रेडक्रसले बिना भेदभाव र बिना पुर्वाग्रह काम गर्नु पर्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको ५० औँ स्वर्ण वर्ष तथा ३५ औ वार्षिक साधारण सभाको अवसरमा रेडक्रसका संस्थापक हेनरी ड्युनाको शालिक अनावरण गरिएको हो । अनावरण कार्यक्रम लग्गतै भएको सभामा मन्त्री जमकट्टेलले रडक्रसकर्मीले रेडक्रका आधारभुत सिद्धान्त भुल्न नहुने बताएका हुन् ।

कार्यक्रममा जुनियर रेडक्रस सर्कलमा कार्यरत रहंदा दुर्घटनामा परेर घाईते भएकी रबिना दगांललार्ई आर्थिक सहायता सहित सम्मान गरेको छ।त्यस्तै बिभिन्न उपशाखाको भवन निर्माणमा जग्गा दानगर्ने जग्गा दाता तथा आर्थिक सहायता गर्ने व्यक्ति र निजका परिवारलाई समेत सम्मान गरिएको थियो ।