
जापान । जापानमा रहेका धादिङबासीहरुको संस्था धादिङ समाज जापानले टोकियोमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष दिनेश लोहनीका अनुसार, रक्तदान गरौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं, भन्ने उदेश्य सहित टोकियोको इकेबुकुरोमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान गर्न ईच्छुक ५३ जना व्यक्तिहरु कार्यक्रम स्थलमा पुगेका भएपनि, रक्तदानका लागि शारिरिक तथा स्वास्थ्य मापदण्ड नपुगेकाले रक्तदान गर्न ईच्छुक ५३ जना व्यक्तिहरु कार्यक्रम स्थलमा पुगेका भएपनि, रक्तदानका लागि शारिरिक तथा स्वास्थ्य मापदण्ड पुगेका ३६ जना पुरुष र ४ जना महिला गरि ४० जनाले रक्तदान गरेका थिए ।
धादिङ समाज जापानले कोभिड संक्रमण महामारीका कारण रक्त अभाव झेलिरहेको अवास्थामा आयोजित यस महत्वपूर्ण कार्यक्रममा सहभागी भई रक्तदान गर्ने तथा यस कार्यक्रम सम्पन्न गर्न विभिन्न पक्षबाट साथ सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ-सस्थाहरु प्रति धन्यवाद व्यक्त गरेको छ ।
