
धादिङ । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत धुलीखेल रंगशालामा जारी महिला फुटबल प्रतियोगितामा धादिङ टिमले दोलखा विरुद्ध ३ गोल गर्दै फाईनल प्रवेस गरेको छ ।
क्वाटर फाईलनलामा काठमाडौंलाईको १ गोलका विरुद्ध २ गोल गर्दै सेमिफाईनल पुगेको महिला फुटबल टिमले आज भएको सेमिफाईनलमा दोलखाको १ गोल विरुद्ध ३ गोल गर्दै फाईनल यात्रा तय गरेको हो । दोलखा विरुद्धको सेमिफाईनलमा धादिङका खेलाडीहरु रितु घले, कमला घले र सम्झना राईले १/१ गोल गरेका हन् ।
धादिङको महिला फुटबल टिम
पार्वती घले, रितु घले, कमला घले, अन्जना विसुराल, दुर्गा अधिकारी, नानीमायाँ श्रेष्ठ, सुस्मिता तुलाधर, विनिता परियार, शान्ति नेपाली, रविना गरुङ, आरति तामाङ, पुजा गुरुङ, सम्झना राई, नविना श्रेष्ठ, अनु भुषाल, सृजना घले, रविना दुरा, रन्जिता दुरा, सरस्वती तामाङ, टिम कोचमा दिपक राना र टिम म्यानेजरमा दिवस सागर श्रेष्ठ ।
बागमती प्रदेश स्तरीय ८ विधाका खेलकुद प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १,२४९ गरि कुल २,१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गरेका छन् ।
