
धादिङ । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत धुलीखेल रंगशालामा जारी महिला फुटबल प्रतियोगितामा आज धादिङको महिला टिमले दिउँसो १ बजे दोलखा सँग सेमिफाईनल खेल खेल्ने भएको छ ।
बिहिबार सम्पन्न भएको क्वाटर फाईलनलामा काठमाडौंलाईको १ गोलका विरुद्ध २ गोल गर्दै धादिङको महिला फुटबल टिम सेमिफाईनलको यात्रा तय गरेको थियो ।
धादिङले प्रदेश स्तरीय फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङमा भाग लिएको थियो । जसमा ब्याडमिण्टन तर्फ धादिङको महिला टिम, ५ हजार मिटरको दौडमा धादिङकी सन्तोषी श्रेष्ठ, २१ किलोमिटरको दौडमा धादिङकी लक्ष्मी थापा, कराँते विधा तर्फ ६० केजी तौल समुहमा धादिङ सन्देश घलेले स्वर्ण पदक जिति सकेका छन् ।
धादिङको महिला फुटबल टिम
पार्वती घले, रितु घले, कमला घले, अन्जना विसुराल, दुर्गा अधिकारी, नानीमायाँ श्रेष्ठ, सुस्मिता तुलाधर, विनिता परियार, शान्ति नेपाली, रविा गरुङ, आरतिी तामाङ, पुजा गुरुङ, सम्झना राई, नविना श्रेष्ठ, अनु भुषाल, सृजना घले, रविना दुरा, रन्जिता दुरा, सरस्वती तामाङ, टिम कोचमा दिपक राना र टिम म्यानेजरमा दिवस सागर श्रेष्ठ ।
प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरि कुल २१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गरेका छन् ।
