
धादिङ । धादिङमा लोकप्रिय बन्दै गएको तेक्वान्दोका खेलाडीहरुले नुवाकोटमा चैत्र ११ र १२ गते हुन गहिरहेको प्रथम म्यागङ बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् ।
नुवाकोटको श्री ग्राम सेवा तेक्वान्दो डोजाङले म्यागङ गाउँपालिका ५ सामरीमा आयोजना गर्ने उक्त प्रतियोगितामा धादिङबाट विभिन्न तौल समुहमा १६ जना खेलाडीले भाग लिने भएका हुन् । नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष एवम् टिम कोच प्रदिप गिरीका अनुसार धादिङबाट भाग लिने सबै खेलाडी आजै नुवाकोट पुग्ने छन् ।
यी हुन् नुवाकोटमा तेक्वान्दो खेल्न जान लागेका धादिङका खेलाडी
पुरुष तर्फ
Suresh Tamang, 32-35 Kg
Santosh Kumal, 32-35
Raju Tamang, 39-43 Kg
Prisent Simkhada, 39-43 Kg
Dhan B. Gurung, 44-49 Kg
Pawal Tamang, 50-55 Kg
Hari kumal, 50-55 Kg
Ankit Tamang, 50-55 Kg
Nabin Kumal, 55-58 Kg
Ashik Gurung, 58-63 Kg
Anmol Gurung, 58-63 Kg
महिला तर्फ
Sumi Bishwokarma, 28-31 Kg
Yamikshya Grg, 35-39 Kg
Ashika Tamang, 40-43
Shanti Kumal, 46-49 kg
Parmita Tamang,49-53 Kg
टिम कोचः प्रदिप गिरी
