नेपाल स्वास्थ्य प्राविधिक संघको महाधिवेशनबाट धादिङका ४ जना निर्वाचित

Avatar photo
Dhadingpost
चैत्र ९, २०७८

धादिङ । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) को दशौँ राष्ट्रिय महाधिवेशनबाट धादिङका स्वास्थ्यकर्मीहरु ३ जना केन्द्रिय समितिमा र १ जना राष्ट्रिय परिषद सदस्यमा निर्वाचित भएका छन् ।

धादिङबाट केन्द्रिय सदस्य निर्वाचित हुनेमा गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारी, जिल्ला अस्पताल धादिङमा कार्यरत स्वास्थ्यकर्मीद्वय मिलन बराईली र सुन्दरी गिदेलमगर छन् भने राष्ट्रिय परिषद सदस्यमा गल्छी गाउँपालिकाका स्वास्थ्य सह संयोजक शिव प्रसाद पौडेल निर्वाचित भएका छन् ।

नेपाल स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा बसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा शोभा गौतम, उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल देवकोटा, सञ्जय साह निर्वाचित भएका छन् । महासचिवमा श्याम ओली, सचिवमा गोपालप्रसाद गौतम, कोषाध्यक्षमा कल्पना पाण्डे सह कोषाध्यक्षमा छिरिङ डोमा शेर्पा निर्वाचित भएका छन् ।