
धादिङ । बागमती प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत धादिङकी लक्ष्मी थापा २१ किलो मिटरको दौडमा प्रथम भएर्की छिन् । यो प्रदेश खेलकुद प्रतियोगितामा धादिङका लागि तेस्रो गोल्ड मेडल हो ।
यसअघि धादिङको महिला ब्याड मिण्टन टिम प्रदेश विजेता बन्दै गोल्ड मेडल जितेको थियो भने ५ हजार मिटरको दौडमा धादिङकी सन्तोषी श्रेष्ठले गोल्ड मेडल जितेकी थिईन् ।
एथलेष्टिक तर्फ धादिङका श्रीलाल तामाङ दोस्रो, आसिस तामाङ र तिलमाया तामाङ तृतिय भएका थिए ।
