
धादिङ । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका निवासी सन्तोषी श्रेष्ठले धादिङ जिल्लाको लागि बागमती प्रदेश स्तरीय प्रतियोगितामा पहिलो गोल्ड मेडल जितेकि छिन् ।
काठमाडौं दशरथ रंगशालामा आज भएको ५ हजार मिटरको दौडमा अन्य जिल्लाबाट सहभागि प्रतियोगिहरुलाई पराजित गर्दै धादिङकी सन्तोषी प्रथम भएकी हुन् ।
फागुन २८ गते देखि चैत १३ गते सम्म हुने बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा ८ विधाका खेलहरु समावेश गरिएको छ । फाईल फोटो
