सामी परियोजना सबै पालिकामा पुर्‍याऔं -जोशी

Avatar photo
Dhadingpost
चैत्र ३, २०७८

धादिङ । सुरक्षित आप्रवासन सामी परियोजनालाई १३ वटै स्थानिय तहमा विस्तार गर्नुपर्ने धादिङका जिल्ला न्यायधिस आत्मदेव जोशीले सुझाव दिएका छन् ।

वैदेशिक रोजगारीमाविभिन्न समस्याहरु रहेको भन्दै नागरिकहरुलाई सुसुचित गर्ने र वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउनलाई जिल्लाभर विस्तार गर्नुपर्ने जोशीले सुझाव दिएका हुन् ।

स्थानिय सरकार परियोजना व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै जोशीले सामी परियोजनाले गरेको काम प्रशंसनिय भएको बताएका थिए । यसैगरी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले वैदेशिक रोजगारलाई व्यवस्थितगर्नको लागि सामी कार्यक्रम महत्वपुर्ण भएको भन्दै स्थानियतह आफैले पनि यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

विकास भनेको बाटो खन्नु तथा भौतिक संरचना निर्माण गर्नु मात्र नभएको भन्दै मेयर ढुंगानाले आफ्नो नागरिकहरुको वैदेशिक रोजगारलाई सुरक्षित गराउनु पनि स्थानिय सरकारको दायित्व भएको उनले बताए ।

र्काक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले वैदेशिक रोजगारबाट आएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिएको भन्दै सामी परियोजनालाई स्थानीय तहमा आन्तरिकण गर्नुपर्ने बताए ।