
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका स्थित मैदीमा १ लाख राशी पुरस्कार रहेको भलिबल प्रतियोगिता मदन भण्डारी स्पोर्ट्स एकेडेमी ज्वालामुखीले गर्ने भएको छ ।
चैत २० गते देखि हुने उक्त खुल्ला अन्तर पालिका स्तरीय प्रतियोगिताको टिम दर्ता शुल्क १५ हजार रहेको संजय दुवाडीले बताए ।
राष्ट्रिय खेलकुद परिषदको सदस्य सचीव र प्रदेश सांसद डा. रामकुमार अधिकारी उद्घाटन गर्ने तालिका तय भएको यस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण संघीय सांसद खेम लोहनीले गर्नु हुने समेत दुवाडीले बताए ।
