
धादिङ । बागमती प्रदेश सरकारले आयोजना गरेको प्रथम वागमती प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत क्रिकेट तर्फ धादिङले उत्कृष्ट प्रदर्शन गर्दै रसुवालाई पराजित गरेको छ ।
टस जित्दै बलिङको निम्तो दिएको रसुवालाई धादिङका वलरहरुले रसुवाका ब्याटरहरुलाई १४ दशमलव १ ओभरमा ५१ रनमा अल आउट गरेका थिए ।
चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालामा भएको उक्त खेलमा रसुवाले दिएको ५२ रनको टारगेट धादिङले १ विकेट गुमाउँदै ५ ओभरमा ९ विगेटको फराकिलो जित निकालेका थिए ।
धादिङको जितका लागि वलिङ तर्फ श्याम त्रिपाठीले उत्कृष्ट बलिङ गर्दै ४ ओभर बलिङ गर्दै २ मेडन राखेर मात्र १९ रन खर्चदै ४ विकेट लिए ।खेलको म्यान अफ द म्याच धादिङका श्याम त्रिपाठी घोषित भए ।

धादिङका उज्वल थापाले ३ विकेट लिएका थिए भने रुपेश भुजेलले १ विकेट लिएका थिए । रसुवा २ जना खेलाडी भने रन आउन भएका थिए ।
५२ रनको झिनो लक्ष्य लिएर मैदानमा उत्रिएको धादिङले ५ ओभरमात्रै खेलेर १ विकेट गुमाउदै रसुवामाथी सहज जित हात पारेको हो । धादिङको लागि ओपनिङ ब्याटर अमृत थापाले अविजित ३० रनको योगदान दिए भने अर्का ब्याटर आरम्भ तिमल्सेना ९ रनमा अविजित रहेका थिए । अमृतले १९ बल खेल्दै ६ चौका मद्धतमा ३० रन बटुलेका थिए ।
धादिङको धारिलो बलिङमा खुलेर खेल्न नसकेका रसुवामा २ ब्याटरले मात्र दुइ अंकको रन जोड्न सफल भएका थिए । रसुवाका ओपनिङ ब्याटर सविन श्रेष्ठ र इनिङको अन्तिमतिर ब्याटिङ गर्न आएका प्रिन्स लामाले मात्रै १० रन जोड्न सफल भएका थिए । रसुवाका ५ ब्याटर शुन्य रनमा आउट भएका थिए ।
धादिङले अब चैत ५ गते बिहान काठमाडौं सँग खेल्ने छ । धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिं तामाङ र रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा तामाङ दुबै आ आफ्नो जिल्लाका क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न खेल मैदान गौतम बुद्ध रंगशाला पुगेका थिए ।
