धादिङले ब्याडमिण्टनमा आजै ललितपुर सँग सेमिफाईनल खेल्दै

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०७८

धादिङ । बागमती प्रदेश सरकारको आयोजनामा सुरुभएको प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा अन्तरगत ब्याडमिण्टन पुरुष र महिला दुबै तर्फको यस अघिका खेल जित्दै ललितपुर सँग सेमिफाईनल खेल खेल्ने भएको छ ।

हेटौडामा आइतबारबाट सुरु भएको बागमती प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगितामा भक्तपुरलाई हराउँदै अगाडी बढेको धादिङको पुरुष टिमले आज नुवाकोटलाई पाजित गर्दै सेमिफाईनल प्रवेस गरेको थियो भने रामेछापलाई हराउँदै अगाडी बढेको धादिङको महिला टिमले आजै चितवनलाई पराजित गर्दै सेमिफाईनल पुगेको हो ।

धादिङका पुरुष ब्याडमिण्टन खेलाडीहरु
सविन तामाङ, इश्वर थापा मगर, राम मल्ल, अश्विन मगर, आशिष राना, मोहन गुरुङ
धादिङका महिला ब्याडमिण्टन खेलाडीहरु
वविता पुरी, रुविना थापा, निप्ठा श्रेष्ठ, सूचना अधिकारी, कविता बस्नेत, लक्ष्मी धमला
टिमको कोच: बुद्धिबहादुर थापा
म्यानेजर: अन्जान श्रेष्ठ

प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश छन् । मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । जसमा पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल, थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टन जारी छ भने भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ ।

चितवनमा फागुन ३० देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।

त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रेले प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा शुरु हुनेछ । चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।

प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरि कुल २१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गर्नेछन् ।