धादिङमा ज्ञानेन्द्र शाहीका समर्थकहरु राप्रपामा समाहित

Avatar photo
Dhadingpost
फाल्गुन २९, २०७८

धादिङ । नेपालका लागि नेपाली अभियानकाका ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्ता बने सँगै धादिङमा रहेका उनका समर्थकहरु पनि शनिबार सल्यानटारमा आयोगित एक विशेष समारोहका बीच राप्रपमा समाहित भएका छन् ।

राप्रपामा समाहित नेपालका लागि नेपाली अभियानमा रहेर काम गरेका ज्ञानेन्द्र शाहीका समर्थकहरुलाई राप्रपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ठाकुर प्रसाद शर्माले खादाले स्वागत गरेका थिए ।

केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ उक्त कार्यक्रमका लागि सल्यानटार पुगि सकेका थिए तर रुबीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङको बुबाको काठमाडौंमा निधन भएको जानकारी पाएपछि कार्यक्रम सुरु नहुँदै तामाङ हेलिकप्टबाट काठमाडौं उडेका थिए ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य सदस्य डम्बर तामाङ, शान्ति माया गुरुङ, पूर्वमन्त्री परशुराम तामाङ र धुर्ब विक्रम मल्ल लगायतको अतिथ्यता रहेको थियो । राप्रपा त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यलय समेत उद्घाटन गरिएको उक्त कार्यक्रममा एमाले, काँग्रेस, माओबादी केन्द्रबाट तीन दर्जन भन्दा बढी कार्यकर्ता राप्रपामा प्रवेस गरेको ध्रुवविक्रम मल्लले धादिङपोष्टलाई बताए ।

x