जनआर्दश गजुरीको अध्यक्षमा रेशमलाल श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
फाल्गुन २९, २०७८

धादिङ । धादिङको गजुरी गाउँपालिका कार्यक्षेत्र भएको जनआर्दश कृषि बहुदेश्य सहकारी संस्था लि गजुरीको अध्यक्षमा रेशमलाल श्रेष्ठ चयन भएका छन् ।

शनिबार सम्पन्न १३ औ अधिवेशनबाट उपाध्यक्ष देव बहादुर लामिछाने, सचिवमा मुक्ति प्रसाद लामिछाने, सह सचिवमा रामन्द्र न्यौपाने र कोषाअध्यक्षमा भुमिका खरेल चयन भएका छन् ।

गाउँपाकिला प्रमुख राजेन्द्रविक्रम बस्नेतको प्रमुख आतिथ्यतमा भएको जनआर्दश कृषि बहुदेश्य सहकारी संस्थाको अधिवेशनमा पालिकाका राजनीतिक दलका नेता, समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।