
धादिङ । धादिङबाट अमेरिका गएर बसोबास गरि रहेकाहरुले धादिङका मृगौला पीडित ढालबहादु अधिकारीलाई आर्थिक सहयोग गरेका छन् ।
धादिङ गंगाजमुना ४ स्थित रातमाटेका मृगौलाको रोगी अधिकारीको मुटुको दुबै भल्ब फर्नु पर्ने भए सँगै धादिङबाट अमेरिकागई बसेका सहयोगीहरुले २ लाख १६ हजार अधिकारी सहयोग गरेका हुन् ।
गंगालाल हृदयरोग निवारण केन्द्रमा उपचार गरि रहेका अधिकारीको उपचारका लागि अमेरिकामा रहेका धादिङवासीहरु सँग समन्वय गरि सागर अधिकारीले आर्थिक संकलन गरेका थिए । उक्त संकलित रकम बिरामीलाई हस्तान्तरण भएको छ ।

