थाक्रेमा ५३ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७८

धादिङ । धादिङको थाक्रे गाउँपालिका स्थित केवलपुरमा आज ५३ जनाले रत्तदान गरेका छन् ।

रेडक्रस सोसाईटी केवलपुर उपशाखाको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा १३ महिला र ४० पुरुष गरी ५३ जनाले रक्तदान गरेका हुन् ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरिदैं आएको छ।