
धादिङ । नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन धादिङको प्रथम अधिवेशन धादिङबेशीमा सम्पन्न भएको छ ।
अधिवेशनले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन धादिङको ४४ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । अधिवेशनमा धादिङका सबै पालिकाबाट भूतपूर्व सैनिक प्रहरीको सहभागिता रहेको बताईएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनलाई एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका बागमती प्रदेश कमिटी सचिव मदन केसीले शुभकामना व्यक्त गरेका थिए ।।
कार्यक्रममा एमालेको वैचारिक पक्षलाई जनतामा लैजान भूतपूर्व सेना र प्रहरीको यस संगठनको महत्वपूर्ण भूमिका हुने, एमाले अध्यक्ष त्रिपाठीले बताएका थिए ।
