धादिङको रुबिभ्यालीबाट काठमाडौं सम्म बस सेवा संचालन

Avatar photo
Dhadingpost
फाल्गुन २६, २०७८

धादिङ । धादिङको उत्तरी क्षेत्र रुबिभ्यालीमा पहिलो पटक सार्वजनिक बस सेवा सञ्चालन आएको प्रेमबहादुर तामाङले बताए ।

यस अघि जिप र आइचर ट्रकहरुमा यात्रा गर्न वाध्य रुबीभ्यालीका स्थानीयहरु सार्वजनिक बस सेवा सुरु भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । अब रुबीभ्यालीबाट सिधै काठमाडौं बस सेवा संचालन हुने बताईएको छ । बुधबार ग १ ख ७७४५ नम्बरको बस, चालक मधु गुरुङले रुबिभ्याली पुर्याएका हुन् ।

बोराङ देखि धादिङ बेसी सम्मको बस भाडा ९ सय २५ र बोराङबाट काठमाण्डौँ सम्मको बस भाडा १ हजार १ सय ५० कायम गरिएको र बस छुट्ने समय बिहान ७ः३० बजे रहेको बताईएको छ । उक्त भाडादर राप्रपाबाट निर्वाचित वडा नम्बर ४ को वडा अध्यक्ष प्रशान्त तामाङको नेतृत्वमा कायम गरिएको बताईएको छ ।

x