९ किलो गाँजा सहित फुर्केखोलामा दुईजना पक्राउ

Avatar photo
Dhadingpost
फाल्गुन २५, २०७८

धादिङ । पोखरातर्फ जाँदै गरेको ग।१९ प ३८६९ नम्बरको स्कुटरलाई चेक जाँच गर्ने क्रममा अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले मंगलबार बेलुकी ९ केजी गाँजा सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका–१ बस्ने २४ वर्षीय लिमु रजक रहेको प्रहरीले जनाएको छ । फाईल तस्वीर