धादिङबाट ८ विधाबाट यी खेलाडीहरु प्रदेश खेल्न जाने (नामावली समेत)

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७८

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले आज बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीहरुको नामावली प्रदेश खेलकुद विकास समिति बागमती प्रदेशलाई पठाएको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिं तामाङले पदभार ग्रहण गरेकै दिन आज धादिङबाट फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ विधाका खेलाडीहरुको नाम प्रदेशमा पठाएको हो । बागमती प्रदेशले प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै उद्घाटन फागुन २८ गते उद्घाटन मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने जनाएको छ ।

प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश गरिएको छ । मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । पिप्ले क्याम्पा रंगशालामा २९ फागुनदेखि पुरुष फुटबल हुदैछ । थानाभर्याङ कभर्डहलमा सोही दिनदेखि नै ब्याडमिन्टन हुनेछ । भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ ।

चितवनमा फागुन ३० देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।

त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रेले प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा शुरु हुनेछ । चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।

प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरि कुल २१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गर्नेछन् ।

धादिङबाट यी खेलाडीहरु प्रदेशका लागि छनोट भए