नारी दिवसको अवसरमा धादिङमा ८० जनाद्धारा रक्तदान

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७८

धादिङ । शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका छन् ।

धादिङ अस्पताल परिसरमा भएको उक्त रक्तदान कार्यक्रममा ३१ महिला र ४९ पुरुष गरी ८० जनाले रक्तदान गरेका हुन् ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।

चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसले जनाएको छ ।नागरिकमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि जिल्लामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ।