
काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिकाले सुरक्षित प्रशुतीका लागि आज हेलिकप्टरबाट अप्सरा थापा मगरलाई काठमाडौं पठाएको छ ।
२ दिन देखि लामो प्रशब बेथाका कारण प्रशुति हुन नसकेपछि निशुल्क हवाइ उद्दार गरिएको गाउँपालिकाले जनाएको छ ।
गंगाजमुनाले गाउँपालिका भित्र सुरक्षित प्रशुती गराउन कठिनाई आएका गर्भवती महिलाहरुलाई निशुल्क रुपमा हेलिकप्टरबाट काठमाडौं पठाउँदै आएको छ ।

