
धादिङ । धादिङको त्रीपुरासुन्दरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले यहि फागुन २५ र २६ गते तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
प्रमुख प्रशासकिय इन्द्रबहादुर खतिवडाले सूचना जारी गर्दै फागुन २५ गते बिहान ८ बजे सम्म टिम दर्ता गर्न सकिने बताएका छन् । धादिङपोष्टका प्रतिनीधि सँग कुरा गर्दै प्रमुख प्रशासकिय खतिवडाले भने १० बजे एक औपचारिक कार्यक्रमका बीच उक्त भलिबल प्रतियोगिताको उद्घाटन हुनेछ ।
वडा स्तरीय हुने यस प्रतियोगितामा पालिका भित्रै काम गरि रहेका अन्यत्रका नागरिकहरुले भाग लिन पाउने तर अन्यत्रबाट बोलाएर कुनै पनि वडाबाट आउने टिमले खेलाडी राख्न नपाउने बताईएको छ ।


