धादिङका यी १३ खेलाडी, राष्ट्रिय सेलक्सनका लागि आजबाट प्रदेश छनोट खेल्दै

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७८

धादिङ । नेपाल तेक्वान्दो संघ धादिङले १४ औं दक्षिण एसियाली खेल र राष्ट्रिय सेलक्सनका लागि हुने प्रदेश स्तरीय प्रतियोगिताको लागि १३ जना खेलाडी छोनोट गरेको छ । उनीहरुको आज र भोली छनोट खेल हुने छ ।

संघका जिल्ला अध्यक्ष प्रदिप गिरीका अनुसार धादिङले १३ जना खेलाडी छनोट गरी प्रदेश छनोटमा पठाईएको हो । प्रदेशबाट पनि छनोट भए १४ औं दक्षिण एसियाली खेलको लागि राष्ट्रिय सेलक्सनमा पर्ने छन् । बागमती प्रदेशका जिल्लाहरुबाट आएका खेलाडीहरुको छनोट खेल फागुन २३ र २४ गते सातदोबाटोमा हुने छ ।

धादिङबाट आज र भोली यी खेलाडीले खेल्दै छन् प्रदेश छनोट
सिनयर पुरुष तर्फ
अभिषेक डल्लाकोटी ५४ केजी मुनी
सुशान्त पाण्डे ५८ केजी मुनी
आशिष गुरुङ ६३ केजी मुनी
ताराबहादुर गुरुङ ६८ केजी मुनी
प्रविण तामाङ ७४ केजी मुनी

जुनियर पुरुष तर्फ
धनबहादुर तामाङ ४८ केजी मुनी
पावल तामाङ ५५ केजी मुनी
रुपेश तामाङ ६३ केजी मुनी
मनोज तामाङ ७३ केजी मुनी

जुनियर महिला तर्फ
सुप्रिमा बज्रचार्य ४४ केजी मुनी
रेजिना बुढाथोकी ४९ केजी मुनी
प्रमिता तामाङ ५५ केजी मुनी