भद्रकाली साविसकाे अध्यक्षमा एकराज पाण्डे चयन

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०७८

निर्मल नारायण
धादिङ ।
भद्रकाली सामुदायिक बिकास समाज मलेखुको २१ औ साधारणसभा भद्रकाली मन्दिर परिसरको जेष्ठ नागरिक सेवा आश्रमको हलमा सम्पन्न भएको छ ।

भद्रकाली पातलेश्वोर महादेव मन्दिर मन्दिर व्यवस्थापन समिती, भद्रकाली आमा समुह, गुरुकुल वेद बिद्याश्रम, पन्चे बाजा समूह, खैजडी भजन मंडली, मरनघाट तथा किरिया पुत्री व्यवस्थापन लगायत सामाजका विविध क्षेत्रमा काम गर्दै आएको मुल संस्था भद्रकाली सामुदायिक बिकास समाजको साधारणसभाको उद्घाटन प्रमुख अथिती गजुरी गाउँ पालिकाकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले गरेका थिए ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै अध्यक्ष बस्नेतले मरन घाट जाने बाटो अबको प्राथमिकतामा रहेको बताउदै संस्कृति बचाउने मनोरञ्जनात्मक भद्रकाली खैजडी भजनलाई आफुले सहयोग गर्न बाकी रहेकाे बताएका थिए ।

स्वागत मन्तव्यकै क्रममा मलेखु टिचिङ्ग अस्पतालका प्रमुख निराजन कडेलले स्थानीय जनताको स्वास्थ्य समस्यालाई केन्द्रमा राखेर स्थापना भएको अस्पतालले वृद्ध बृद्धालाई प्राथमिकतामा राखेर उपचारमा छुटको ब्यबस्था गरेकाे जानकारी गराएका थिए ।

समाजले उत्कृष्ट खेलाडी तथा खैजडी भजन मन्डलीलाई सम्मान सहित पुरस्कर प्रदान गरेको थियो । समाजले एकराज पान्डेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको निरन्तरता पाएको छ ।